सुनको भाउ ‘रेकर्ड ब्रेक’को बाटोमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2023 | 11:29:33 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ११ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि आज तोलामा ११ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४  हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ३ सय ९० रुपैयाँमा कायम भएको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९० हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८९ हजार ५ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ । 

यसअघि सुनको भाउ प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँसम्म पुगेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved