सुनको मुल्य बढ्यो, चाँदीको घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2023 | 10:50:33 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको मुल्य बढेको छ। मंगलबार प्रति तोला  १ लाख ४ हजार १ सय  रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ७ सयले बढेर प्रति तोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन पनि तोलामा ७ सयले बढेर प्रति तोला १ लाख ४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

चाँदीको मुल्य भने आज घटेको छ।चाँदी  तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भईरहकेो छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८९ हजार ८ सय ५० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८९ हजार ४ सय २० र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय २७ रुपैयाँ ५० पैसा कायम गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved