घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2023 | 10:47:08 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजावी सुन पनि तोलामा ६ सयले घटेर प्रतितोला १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ७ सय १० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार २ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ६९ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved