आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 10:59:06 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५  सय रुपैयाँले घटेर प्रति तोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजावी सुन पनि तोलामा ५ सयले घटेर प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार २ सय ८० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ८ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ५६ रुपैयाँ कायम गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved