सुनको मूल्य घट्यो, चाँदीको स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2023 | 11:06:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख १० हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

आज तेजावी सुनपनि तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ भने स्थिर रहदै प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ५ सय ६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved