सुनको मुल्यमा गिरावट, चाँदीको भने बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2023 | 10:59:56 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहीबार सुनको भाउ घटेको छ भने चाँदीको भाउमा वृद्धि भएको छ । बुधबार प्रतितोला १ लाख  १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ३ सय रुपैयाँले घटेर १ लाख  १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो ।

आज तेजावी सुन पनि तोलामा ३ सयले घटेर प्रति तोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ४ सय ५०  रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ९ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ९ रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved