आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2023 | 10:57:37 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको मुल्यमा गिरावट आएको छ भने चाँदीको भाउ वृद्धि भएको छ । बिहीबार प्रतितोला १ लाख  १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ४ सय रुपैयाँले घटेर १ लाख  १२ हजार १ सय रुपैयाँमा कारोबार भएको हो ।यसअघि बुधबार १ लाख  १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य बिहीबार ३ सय रुपैयाँले घटेको थियो । 

आज तेजावी सुन पनि तोलामा ४ सयले घटेर प्रति तोला १ लाख ११ हजार ५सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार १ सय १०  रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ६ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय २२ रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved