बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2023 | 10:46:11 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार सुनचाँदीको मुल्य बढेको छ । शुक्रबार  प्रतितोला १ लाख  १२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा १ सय रुपैयाँले बढेर १ लाख  १२ हजार २ सय रुपैयाँमा कारोबार भएको हो ।

आज तेजावी सुन पनि तोलामा १ सयले बढेर प्रति तोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार १ सय ९५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ७ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय २६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved