सोमबार सुनचाँदीको भाउ स्थिर छ । आइतबार प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मुल्यमा कारोबार भएको छ ।
आज तेजावी सुन पनि आइतबार कै मुल्य अर्थात प्रति तोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको भाउ तोलामा प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार १ सय ९५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ७ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय २६ रुपैयाँ कायम गरेको छ ।