अब दैनिक २० किलो सुन आयात गर्न पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2023 | 06:45:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएको छ। राष्ट्र बैंकको संचालक समितिको बैठकले हालको सुन आयातको कोटालाई दोब्बर बनाउने निर्णय गरेको हो 

राष्ट्र बैंकले सुन आयातको दैनिक कोटालाई हालको १० किलोबाट बढाएर २० किलो बनाउने निर्णय गरेको राष्ट्र बैंक संचालक समितिका एक सदस्यले बिजपाटीलाई जानकारी दिए । राष्ट्र बैंकले सर्कुलर जारी गरेर यसबारे औपचारिक जानकारी र निर्देशन दिने छ 

हाल वाणिज्य बैंकहरुले सुन आयात गर्ने गरेका छन्। चाडपर्व नजिकिदै गर्दा माग अनुसार नपुगेको भन्दै सुन व्यवसायीहरूले पटक पटक कोटा बढाउन माग गरिरहेका थिए। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले केन्द्रीय बैंकलाई सुनको आयात कोटा बढाउन सिफारिस गरेको थियो। सोहि अनुसार राष्ट्र बैंकले कोटा बढाएको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved