व्यवसायी भन्छन् 'सुन आयातको लागि दैनिक होइन, वार्षिक कोटा तोक्नु पर्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2023 | 03:19:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएपछि व्यवसायीहरु सकारात्मक प्रतिक्रिया दिएका छन्। राष्ट्र बैंकको संचालक समितिको बैठकले हालको सुन आयातको दैनिक कोटा १० किलोलाई बढाएर २० किलो बनाउने निर्णय गरेसंगै सुनचाँदी व्यवसायी उत्साहित भएका हुन् । 

 राष्ट्र बैंकको यस्तो निर्णयले सुनचाँदी व्यवसायमा सकारात्मक प्रभाव पर्ने सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्यको भनाई छ । मन्दीले गर्दा अहिले सिजनमा नै दैनिक १५ केजी मात्र डिमाण्ड भए पनि राष्ट्र बैंकले अकोता बढाएर १० बाट २० केजी पुर्याउनु सकारात्मक नै भएको उनले बत्ये। 

यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाईली पनि राष्ट्र बैंकको यो निर्णयलाई सकारात्मक बताउछन् ।  उनले पनि मन्दीले माग कम भएको समयमा २० केजी सुन पर्याप्त भएको प्रतिक्रिया दिए । उनले भने, ‘अहिले मन्दीको यो समयमा बजार सुनसान छ । यो अवस्थामा कोटा बढाएर २० केजी पुर्याउँदा हामी सकारात्मक नै छौँ ।’ तर, मन्दी नभएको अवस्थामा सिजनको बेलामा भने सुनको कोटा कम हुने उनको भनाई छ। 

उनका अनुसार मन्दी नभएको समयको सिजनमा सुनको माग दैनिक ३० केजी देखि ४० केजीसम्म हुने गरेको थियो । अहिले सिजनमा नै जम्मा १०देखि १५ केजीको हाराहारीमा मात्र माग हुने गरेको उपाध्यक्ष रसाईली बताउँछन् । उनका अनुसार अहिले बजारमा सुन किन्ने भन्दा बेच्न आउने ग्राहकको भिड बढी हुने गरेको छ । बेच्न आउने भन्दा किन्न आउने बढी भएको अवस्थामा भने २० केजी सुन पनि कम हुने उनको तर्क छ ।

दैनिक २० केजी भन्दा पनि २० किलो कै दरले ३६५ दिनको हिसाब गरेर वार्षिक रुपमा ७३०० केजी सुन आयातको कोटा निर्धारण गरिनु पर्ने उनको माग छ । त्यसो हुँदा माग बढेको बेला धेरै र माग घटेको बेला कम गरेर ७३०० केजी भन्दा नबढ्ने गरी व्यवसायीले मगाउँने उनको भनाई छ । अहिले दैनिक २० केजी सुन कोटा हुँदा २० केजी सोहि दिन व्यवसायीले उठाउनुपर्ने बाध्यता रहेको उनको भनाई छ । 

साथै व्यवयायीहरुले मागे अनुसार सुन पाउनुपर्ने उनको माग छ । प्यान नम्बरका आधारमा बेच्न सक्नेजति सुन व्यवसायीले पाउनुपर्ने उनी बताउछन् । उनका अनुसार सिजन र अफसिजनमा व्यवसायीहरुले माग गर्ने सुनमा भारी उतार चढाव हुने गर्दछ । सिजनमा औसतमा दैनिक ३५ केजीसम्म माग रहने भएपनि अफसिजनमा त्यो माग घटेर १०देखि १५ केजीसम्म झर्ने गरेको उनी बताउछन् । यस्तो अवस्था रहेकोले पनि वार्षिक रुपमा ७३०० केजी सुन आयातको कोटा निर्धारण गरिनु पर्ने उनको माग छ ।

दैनिक सुनको कोटा १० केजीबाट २० केजी बनाएपनि मूल्यमा भने कुनै असर नपर्ने उपाध्यक्ष रसाईली बताउँछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved