बुधबार पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2023 | 10:41:42 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला  १ लाख  ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ८ सय रुपैयाँले घटेर १ लाख  ११ हजार रुपैयाँमा कारोबार भएको छ ।

आज तेजावी सुन प्रति तोला ८ रुपैयाँले घटेर १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार १ सय ६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ६ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ८७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved