पाँचदिनमा ४ हजार २ सयले घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2023 | 10:49:56 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार पनि सुनचाँदीको भाउ घटेको छ । शुक्रबार  प्रतितोला  १ लाख  ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले घटेर १ लाख  ८ हजार रुपैयाँमा कारोबार भएको छ ।

गतसाताको मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको मुल्यले यो साता पनि निरन्तरता पाएको हो । मंगलबार प्रतितोला ४ सय रुपैयाँ, बुधबार ८ सय रुपैयाँ, बिहीबार १ हजार ४ सय रुपैयाँ र शुक्रबार तोलामा ८ सय रुपैयाँले घटेको थियो । यसरी हेर्दा सुनको भाउ लगातार पाँच दिनमा ४ हजार २ सय रुपैयाँ घटेको छ । 

आज तेजावी सुन पनि प्रति तोला ८ सय रुपैयाँले घटेर १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।  चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९२ हजार ५ सय ९५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९२ हजार १ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ६६ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved