लगातार छैठौं दिनसम्म सुनको मुल्यमा गिरावट, आज कतिमा हुँदैछ किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2023 | 10:57:04 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । आइतबार  प्रतितोला  १ लाख  ८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा एक सय रुपैयाँले घटेर १ लाख  ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

गतसाताको मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको मुल्यले यो साता पनि निरन्तरता पाएको हो । मंगलबार प्रतितोला ४ सय रुपैयाँ, बुधबार ८ सय रुपैयाँ, बिहीबार १ हजार ४ सय रुपैयाँ र शुक्रबार तोलामा ८ सय रुपैयाँले घटेको थियो भने यससाताको पहिलो दिन आइतबार ८ सय रुपैयाँले घटेको थियो । यसरी हेर्दा सुनको भाउ लगातार छैठौं दिनमा ४ हजार ३ सय रुपैयाँ घटेको छ । 

आज तेजावी सुन पनि प्रति तोला १ सय रुपैयाँले घटेर १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।  चाँदीको भाउ भने तोलामा २० रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९२ हजार ५ सय ५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९२ हजार ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ४९ रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved