एक सातामा सुनको भाउ ५ हजार ६ सयले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2023 | 10:56:24 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार पनि सुनचाँदीको भाउ घटेको छ । सोमबार  प्रतितोला  १ लाख  ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख  ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

गतसाताको मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको मुल्यले यो साता पनि निरन्तरता पाएको हो । मंगलबार प्रतितोला ४ सय रुपैयाँ, बुधबार ८ सय रुपैयाँ, बिहीबार १ हजार ४ सय रुपैयाँ र शुक्रबार तोलामा ८ सय रुपैयाँले घटेको थियो भने यससाताको पहिलो दिन आइतबार ८ सय र हिजो सोमबार १ सय रुपैयाँले घटेको थियो । यसरी हेर्दा एक सातामा सुनको भाउ ५ हजार ६ सय रुपैयाँ घटेको छ । 

आज तेजावी सुन पनि प्रति तोला १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।  चाँदीको भाउ भने तोलामा ३० रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९१ हजार ३ सय ९५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९० हजार ९ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय २३ रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved