लगातार सातौं दिनसम्म घटेको सुनको मुल्य आज बढ्यो, चाँदीको स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2023 | 11:00:38 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार सुनको मुल्य बढेको छ । मंगलबार  प्रतितोला  १ लाख  ६ हजार ६ सय  रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख  ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

गतसाताको मंगलबारदेखि घट्न थालेको सुनको मुल्य यससाताको मंगलबार हिजोसम्म गरी निरन्तर ७ कार्यदिनमा ५ हजार ६ सयले घटेको थियो ।

आज तेजावी सुन पनि प्रति तोला ३ सय रुपैयाँले बढेर १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।  चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९१ हजार ६ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९१ हजार २ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय २३ रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved