सुनचाँदीको मुल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2023 | 11:35:53 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । गतसाताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला  १ लाख  ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।  चाँदीको प्रतितोला २० रुपैयाँ बढेर १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९२ हजार २ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९१ हजार ८ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ४० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved