इजरायल युद्धको असर: एकै दिन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2023 | 11:37:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेको छ । आइतबार प्रतितोला  १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा  एक हजार रुपैयाँले बढेर १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

यसरी ह्रवात्तै सुनको भाउ बढ्नुको एकमात्र मूख्य कारण इजरायलमा भएको युद्ध रहेको सुनचाँदी व्यवसायीहरुको भनाई छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्यले इजरायलमा भएको युद्धका कारण सोमबार सुनको मूल्य ह्वात्तै बढेको बताएका छन् । यस्तै, यो युद्ध थप बढेदै जाँदा सुनको भाउ पनि सोही क्रमले बढ्ने उनको भनाई छ । 

यस्तै सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष मोहन काजी शाक्यले विदेशमा भएका घटनाहरुले सुनको मूल्य बढ्ने बताए । ईन्धनको मूल्यमा वृद्धि र युद्धले गर्दा सुनको मूल्यमा असर पर्ने गरेको उनको भनाई छ । सोमबार सुनको मूल्य ह्वात्तै बढ्नुको एक कारण इजरायलमा भएको युद्ध रहेको उनले बतााए । 

सुनलाई संसारभर नै लगानीको सुरक्षित उपकरणको रुपमा लिने गरेको छ । सोहि कारण जब विश्वमा युद्द द्वन्द जस्ता गतिविधि बढ्छ , तब तब मानिसहरु लगानीको अरु उपकरण छोडेर सुनमा लगानी गर्न थाल्छन् । यसले गर्दा सुनको माग एकै पटक ह्वात्तै बढ्न गई सुनको भाउ बढ्ने गर्छ । युक्रेन युद्दको बेला नेपालमा सुनको मूल्य इतिहास कै उच्च बिन्दुमा पुगेको थियो ।  

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved