सुनको मुल्य घट्यो, चाँदीको स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2023 | 10:51:53 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर छ । आइतबार प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ७ सय रुपैयाँले घटेर १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ ।  चाँदीको मुल्य स्थिर रहँदै प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार २ सय ८० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ८ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved