सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2023 | 10:45:02 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला एक लाख १७ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छापावाला सुनको मूल्य सोमबार ५ सयले घटेको हो । 

आज छापावाला सुन प्रतितोला एक लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँले घटेर आज एक लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सुनसँगै आज चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । यसदिन चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९९ हजार ८ सय ८० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९९ हजार ४ सय १० र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९ रुपैयाँ तोकेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved