मंगलबार पनि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2023 | 10:45:45 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ घटेको छ भने चाँदीको भाउमा वृद्धि भएको छ । सोमबार प्रतितोला १ लाख १६ हजार ५ सय कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सयले घटेर १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँले घटेर आज एक लाख १५ हजार ४सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको भाउमा भने सामान्य वृद्धि भएको छ । यसदिन चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९९ हजार ४ सय ५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९८ हजार ९ सय ८० र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय १७ रुपैयाँ ५० पैसा तोकेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved