चाडपर्व कै महिनामा किन घट्यो सुन आयात ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2023 | 02:13:41 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को ४ महिनामा १ हजार केजी ५०० ग्राम सुन आयात भएको छ । चालु आवको साउन देखि कार्तिकसम्म ८ अर्ब २० करोड ८१ लाख ७० हजार रुपैयाँ बराबरको उक्त परिमाण सुन भित्रिएको हो । 

उक्त सुन आयातबाट १ अर्ब २३ करोड १२ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । नेपालमा यो सबै सुन यूएर्ईबाट आयात भएको हो । 

४ महिनामा कुल आयात मध्ये १०० केजी सुन कार्तिक महिनामा मत्रै आयात भएको छ । गएका महिनाको तुलनामा कार्तिक महिनामा सुन आयात खुम्चिएको देखिन्छ । गएको ३ महिनामा ९०० केजी ५०० ग्राम सुन आयात भएको थियो । नेपालमा पछिल्लो समय दिनको २० केजी सुन आयात गर्न पाउने व्यवस्था छ । कार्तिक महिना ३० दिनको छ । यस हिसाबमा कार्तिक महिना अवधिभर ६०० केजीसम्म सुन ल्याउन पाइन्छ। 

सुनको आयात कम हुनुमा खपत घट्नु रहेको बताईएको छ। आर्थिक मन्दी, विदेशबाट नेपाल आउने नेपालीले साथमा ल्याएको सुनले गर्दा कारोबार कम भएको सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाईली बताउँछन् । उक्त कारणले व्यवसाय कम हुँदा व्यवसायीहरुले नै अर्डर कम गर्न राष्ट्र बैंकलाई भनेको रसाईलीले जानकारी दिए । 

रसाईलीका अनुसार मंसिर विहेको सिजन भएकाले अहिलेदेखि नै सुनको माग उच्च रहेको छ । मंसिर महिनामा सुनको माग उच्च भई आयातमा पनि बढोत्तरि हुने उनको अपेक्षा छ । 

कुन महिना कति भित्रियो सुन ?

चालु आवको पहिलो महिना (२०८० साउन) मा २०० केजी

चालु आवको दोस्रो महिना (२०८० भदौ) मा ३०० केजी

चालु आवको तेस्रो महिना (२०८० असोज) मा ४०० केजी ५०० ग्राम

चालु आवको चौथो महिना (२०८० कार्तिक) मा १०० केजी 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved