
मंगलबार पनि सुनको भाउ बढेको छ । सोमबार प्रतितोला एक लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेको छ ।
यसदिन छापावाला सुन प्रतितोला एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको मूल्य भने आज स्थिर रहँदै प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख ९१० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ४४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ८६ रुपैयाँ तोकेको छ।