सुनको भाउले बनायो फेरि नयाँ रेकर्ड, आज कति पुग्यो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 10:49:58 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला एक लाख १९ हजारमा रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १ हजार ८ सय रुपैयाँले बढेको छ ।

यसदिन छापावाला सुन प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै तेजावी सुन तोलामा १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो भाउ अहिलेसम्मको उच्च हो ।

यता, चाँदीको मूल्य आज ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख ३ हजार ५६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ३हजार ५० र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय २४ रुपैयाँ ५० पैसा तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved