बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 10:43:00 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले बढेर १ लाख १९ हजार २ सय रुपैयाँमा किनबेच भएको छ । 

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । आज चाँदी १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २ हजार १९५ रुपैयाँ,  प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ७२ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय १७ रुपैयाँ ५० पैशा तोकेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved