आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2024 | 10:52:37 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन १ लाख १८ हजार ४ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य पनि ५ रुपैयाँ प्रतितोलका दरले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ५१० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ७४ रुपैयाँ ५० पैशा तोकेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved