आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2024 | 10:55:07 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख १८ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन १ लाख १८ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार १६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ६९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९२ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved