
आज मंगलबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । सोमबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन ३ सय रुपैयाँले घटेको हो ।
यस दिन छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ९१० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ४४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९५ रुपैयाँ तोकेको छ।