७ महिनामा १५ सय किलो सुन भित्रियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2024 | 01:42:22 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ७ महिनामा १५ सय किलो भन्दा धेरै सुन आयात भएको पाइएको छ । पछिल्लो ७ महिनामा १५ सय १ किलो ८६४ ग्राम् सुन आयात भएको भन्सार विभागले जनाएको छ । 

विभागका अनुसार यो ७ महिनामा नेपालमा भारत, टर्की र यूनाईटेड अरब ईमीरेट्सबाट  सुन आयात भएको हो । सबैभन्दा धेरै यूएईबाट आयात भएको विभागको तथ्यांकले देखाउँछ ।

यूएईबाट १४ सय किलो ५०० ग्राम सुन आयात हुँदा टर्की र भारतबाट क्रमशः १०० किलो र १ किलो ३६४ ग्राम सुन आयात भएको छ । 

उक्त सुन आयातबाट १२ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ विदेशिएको छ । यस्तै १ अर्ब ८८ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved