आज पनि सुनको भाउले बनायो नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2024 | 10:41:37 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ  इतिहासकै महंगो भएको छ । मंगलबार प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले बढेको हो । यस दिन छापावाला सुन १ लाख २३ हजार ५ सय रुपैयाँ प्रतितोलमा कारोबार भईरहेको छ ।  

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य आज ५ रुपैयाँले घटेको छ  । यस दिन चाँदि प्रतितोला १ हजार १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ५ हजार ८८०  रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ५ हजार ३६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ३४.५० रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved