सुनको भाउ १ लाख ७० हजारसम्म पुग्ने अनुमान, किन बढिरहेको छ मूल्य ?

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Mar 06, 2024 | 12:17:15 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय सुनको भाउ लगातार बढीरहको छ । पछिल्लो एक हप्तामा सु्नको भाउ प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढेको छ । गत बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ हप्तापछि १ लाख २३ हजार ५ सय रुपैयाँ पुगेको छ । 

 सुनको भाउ गत बिहिबार १ लाख १८ हजार ४ सय, शुक्रबार १ लाख १९ हजार, आइतबार पनि १ लाख १९ हजार रुपैयाँ पुगेको थियो । त्यसपछि सोमबार २ हजार रुपैयाँले बढेर १ लाख २१ हजार पुगेको सुनको भाउ मंगलबार फेरी २ हजार बढेर १ लाख २३ हजार रुपैयाँ पुगेर नयाँ कीर्तिमान कायम गरेको थियो । त्यसपछि पनि सुनको भाउ बढ्ने क्रम रोकिएन । बुधबार पनि ५ सय रुपैयाँ प्रतितोलाका दरले भाउ बढेर फेरी नयाँ कीर्तिमान कायम भयो ।

यसरी पछिल्लो समय सुनको भाउ बढ्नुलाई विश्वमा देखिएको आर्थिक मन्दीको प्रभाव, द्वन्द, बैंकहरुले ब्याजदर घटाउनु लगायतको कारणहरु रहेको जानकारहरु बताउँछन्। कमोडिटीका जानकार नीरव पुडासैनी पछिल्लो समय सुनको भाउ बढ्नुको मुख्य कारण यूरोप लगायत विश्वमा आर्थिक मन्दीको संकेत देखिएको र विश्वका बैंकको ब्याजदर घटनु मुख्य कारण रहेको बताए । उनले पछिल्लो समय विशेषगरी यूरोपमा आर्थिक मन्त्रीको संकेत देखिएको उल्लेख गरे । 

यूरोपमा उत्पादन र उपभोग नै घटिरहेको र त्यसले त्यहाँ मन्दी सुरु भएको संकेत गरेको जनाउँदै उनले सो कारणले मानिसहरुले सुनमा लगानी गर्न थालेको बताए । उनका अनुसार युरोपमा उत्पादन र उपभोगमा कमि आउनु भनेको मानिसहरुमा पैसाको कमि हुनु हो । त्यो आर्थिक मन्दिको संकेत भएको उनको भनाई छ । जसले गर्दा सुनको भाउ बढीरहेको छ । 

पुडासैनीका अनुसार यूरोपमा विशेषगरी मंहगा सामानहरुको उत्पादन र उपभोग घटिरहेको छ । उनले अटो, हाउजिङ लगायतका बस्तु तथा सेवाहरुको उपभोग घटिरहेको बताए ।

यस्तै, विश्वका केन्द्रीय बैंकहरुले ब्याजदर घटाईरहेको उनले उल्लेख गरे । अमेरिकाको फेडेरल बैंकले पछिल्लो समय ब्याजदर घटाईरहेको जनाउँदै त्यसले पनि सुन महँगो हुनुमा मद्दत गरेको उनको भनाई छ।  अमेरिका सहित चीन र जापानका बैंकहरुले पनि सो किसिमले ब्याज घटाई रहेको उल्लेख गर्दे त्यसकारण पनि सुन महँगो भएको उनी बताउछन् । 

विश्वको आर्थिक अवस्था हालमो जस्तै रहेमा प्रतिआँउन्स २८ सय डलरसम्म सुनको भाउ पुग्ने उनको अनुमान छन् । नेपाली रुपैयाँमा हेर्दा आजको विनिमय दर अनुसार प्रतिआउन्स ३ लाख ७० हजार नेपाली रुपैयाँ पर्न जान्छ । त्यसमा भन्सार जोडदा ४ लाख रुपैयाँ प्रतिआउन्स पुग्छ । त्यसलाई तोमामा हिसाव गर्दा १ लाख ६४ हजार ५७१ रुपैयाँ पर्न जान्छ । अर्थात कमोडिटिका जानकार पुडासैनीका अनुमानमा विश्वको अर्थतन्त्र र बैंकको ब्याजदरहर यथावत रहेको खण्डमा सुनको भाउ नेपाली बजारमा प्रतितोला १ लाख ६५ हजार रुपैयाँको हाराहारीमा पुग्न सक्छ । 

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य रुस युक्रेनको युद्द, अहिले पछिल्लो समय देखिएको 'न्युक्लियर वार' (आणविक युद्ध) को चर्चाको कारण मूल्य बढिरहेको बताउछन् । उनका अनुसार अन्तराष्ट्रिय जगतमा युद्दको सम्भावना रहेसम्म सुनको मूल्य बढी नै रहन्छ । उनको अनुमानमा सन् २०२४ को अन्त्यसम्म सुनको मूल्य प्रति आउन्स ३ हजार डलरसम्म पुग्न सक्छ । यो भनेको नेपालमा प्रति तोला १ लाख ७० हजार रुपैयाँसम्मको  हाराहारीमा पुग्न सक्ने अनुमान हो। 

त्यस्तै महासंघका वरिष्ठ उपध्यक्ष अर्जुन रसाईली पनि सुनको भाउ अझै बढ्ने बताउछन् । उनका अनुसार अन्तराष्ट्रिय जगतमा हुने सम्भावित द्वन्दका संकेतले गर्दा सुनको भाउ बढेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved