आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 10:37:50 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।   

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख  हजार १७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ६  हजार ६६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ५६ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved