घट्यो सुनको भाउ, चाँदीको स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2024 | 11:12:22 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । बिहिबार प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेको छ।

आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख  ७ हजार ५१० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ६ हजार ९९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९९ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved