आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2024 | 10:46:13 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेको छ।

आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ७ हजार १७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ६ हजार ६६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय १२ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved