सुनको कोटा दुरुपयोगबारे जाँचबुझ आयोगले पनि अनुसन्धान गरेको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2024 | 11:01:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सुनको कोटा दुरुपयोग गरि तस्करी हुने गरेको र यसमा सुनचाँदी व्यवसायसँग सम्बन्धित संघ संस्थाका व्यक्तिहरु संलग्न छन् भन्ने विषयमा सरकारद्वारा गठित जाँचबुझ आयोगले समेत अनुसन्धान गरेको खुलेको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सुनको कोटा प्रणालीलाई दुरुपयोग गरेर भइरहेको तस्करीका सम्बन्धमा अनुसन्धान गरेको खुलेको हो ।

आयोगले नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघका जिम्मेवार अधिकारीहरु नै कोटा दुरुपयोग गरेर तस्करीमा संलग्न भएको भन्ने विषयमा अनुसन्धान गरेको हो । यसका लागि आयोगले केही व्यवसायीमार्फत सहयोग लिएर कागजात समेत संकलन गरेको थियो ।

प्रतिवेदनको पूर्णपाठ सार्वजनिक हुन बाँकी रहेकाले सुनको कोटा दुरुपयोग गरेर तस्करीमा संलग्न भएको आरोप लागेकाहरुलाई कारबाही सिफारिस भएको छ कि भन्ने यकिन नभए पनि आयोगले पटक पटक यसबारे सोधपुछ गरेको र आवश्यक प्रमाणहरुसमेत संकलन गरेको बताइन्छ । 

रत्न तथा आभूषण महासंघका निवर्तमान (हिजो शनिबारबाट निवर्तमान अध्यक्ष बनेका) सुरेशमान श्रेष्ठसहित केही पदाधिकारी र नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यसहित केही व्यक्तिमाथि सुनको कोटा दुरुपयोग गरि तस्करीका लागि सहयोगी बनेको आरोप लाग्दै आएको छ । व्यवसायी नरेन्द्र कुमार गुप्ताले यसबारे आवाज उठाइरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved