आज पनि सुनचाँदीको भाउले राख्यो नयाँ रेकर्ड, कतिले बढ्यो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2024 | 11:05:00 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुन चाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। यो हालसम्मकै उच्च हो । 

त्यस्तै आज तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १७ हजार २८५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १६ हजार ७२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ५७.५० रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved