कोरोना संक्रमितको उपचार गर्न नेपालमा कति छन् बेड र अक्सिजन सिलिन्डर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2021 | 01:56:13 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपलब्ध स्वास्थ्य संस्था र अक्सिजनको स्टक सरकारले सार्वजनिक गरेको छ । स्वास्थ्य मन्त्रालयमार्फत गृहले दिएको जानकारी अनुसार मूलुकभर कोभिड संक्रमित बिरामीको उपचारका लागि ४७२ अस्पताल छन् । 

यी अस्पतालमा १९ हजार ८८२ बेड संख्या, १७१४ आईसीयू बेड र ६९२ भेन्टिलेटर रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ३१ वटा अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट रहेको र ती प्लान्टबाट दैनिक २५ सय ४९ अक्सिजन सिलिण्डर भर्न सकिने अवस्था छ । 

३ वटा अस्पतालमा तरल अक्सिजन भर्न सकिने ट्याङ्क उपलब्ध भएको, स्वास्थ्य संस्थाहरुमा सेवा लिनका लागि प्रयोग भईरहेको अक्सिजन सिलिण्डरको संख्या ६ हजार २८८ रहेको र दैनिक १४११.५ लिटर अक्सिजन खपत भईरहेको सीसीएमसीले जनाएको छ ।

सीसीएमसीले सबै अक्सिजन उद्योगहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने पनि जनाएको छ ।

धनगढी, नेपालगञ्ज र पूर्वी नेपालमा अक्सिजन अभाव भएकोबारे स्वास्थ्य मन्त्रालयले आवश्यक काम सुरु गरिसकेको बताएको छ । कोभिडका बिरामीको उपचारका लागि नेपालमा पर्याप्त मात्रामा अक्सिजन उत्पादन हुने भएकाले अभाव हुने खतरा नरहेको दाबी मन्त्रालयको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved