राष्ट्रपतिको सवारीमा हिँडेको भन्दै डाक्कटरमाथि प्रहरीले लाठी हान्यो, टाउकोमा गम्भीर चोट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2023 | 06:40:50 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सडकमा हिँडेको भन्दै सुरक्षाकर्मीले डाक्टरलाई लाठी प्रहार गरेका छन् । राष्ट्रिय ट्रमा सेन्टरका डा. जेनीथ सिंहमाथि प्रहरीले लाठी प्रहार गरेको हो ।  

शुक्रबार संसद्मा सम्बोधन गरेर राष्ट्रपति फर्कने क्रममा वीर अस्पताल बाहिर बाटोमा हिँडिरहेका डा. सिंहमाथि प्रहरीले किन हिडेको भन्दै लाठी चार्ज गरेको हो । प्रहरीको लाठी प्रहारबाट डा. सिंहको टाउकोमा गम्भीर चोट लागेको छ । 

गम्भीर घाइते उनको ट्रमा सेन्टरमा उपचार भइरहेको ट्रमाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए । 

डा. सिँहले आफू चिकित्सक भएको र वीर अस्पताल जान लागेको भन्दै कार्ड देखाउँदा पनि सुरक्षाकर्मीले कार्ड खोसेर लाठी प्रहार गरेको बताइएको छ । 

स्वास्थ्यकर्मीमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved