६ बुँदे सहमति पछि चिकित्सकहरुको आन्दोलन स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2023 | 12:09:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले आन्दोलन स्थगित गरेका छन् ।

माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा हिडेको भन्दै ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले कुटेर घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो । बिहानैदेखि चिकित्सकहरु आन्दोलित भएका थिए ।

डाक्टरहरु आन्दोलित भएपछि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच वार्ता भएको थियो ।

वार्तामा चिकित्सक कुटिएको घटनाको एक हप्ताभित्र छानबिन सकेर दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमति भएको छ ।

सहमति पत्रमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र चिकित्सकको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved