शनिबारबाट देशभर गिटी र बालुवाको उत्पादन र बिक्री बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2023 | 06:38:01 PM मा प्रकाशित

laxmi  sunrise bank

भोलि असार १६ गतेबाट देशभर ढुंगा, रोडा, गिटी र बालुवाको उत्पादन र बिक्री बन्द हुने भएको छ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले भोलीबाट ढुंगा तथा गिटी बालुवाको उत्पादन र बिक्री बन्द गर्ने घोषणा गरेको हो । 

क्रसर नविकरणमा देखिएको समस्याको स्थायी समाधानको माग गर्दै असार १५ सम्मको अल्टिमेटम दिएपनि गृह मन्त्रालयले आफूहरुको माग सम्बोधन नगरेका कारण असार १६ गतेबाट उद्योग नै बन्द गर्ने घोषणा गरिएको महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष सिताराम न्यौपानेले यसअघि आफूहरुले असार १५ गते सम्मको समय दिएको तर, यस अवधिमा सरकारले क्रसर व्यवसायीहरुको माग सम्बोधन नगरेकाले भोलिबाट उत्पादन र बिक्री वितरण बन्द गर्ने घोषणा गरिएको बताए ।

‘हामीले क्रसर नवीकरणको माग गर्दै आयौँ, मापदण्ड आउनु भन्दा अगाडी नै सञ्चालनमा आइसकेका उद्योगहरुको हकमा व्यवस्थापन खोज्यौँ, नवीकरणमा भइरहेको किचलो र प्रशासनले मनलाग्दी रुपमा गरिरहेको ज्यादती सुनायौँ, तर हाम्रा माग सम्बोधन भएनन्’ अध्यक्ष न्यौपानेले भने, ‘त्यहीँ भएर भोलिबाट क्रसरबाट उत्पादन हुने निर्माण सामाग्रीको उत्पादन र बिक्री बन्द गर्ने निर्णय गरेका छौँ, कानुनी प्रक्रिया पूरा गरेर सञ्चालनका लागि लागि लाइसेन्स लिएका क्रसर उद्योगहरुकै नवीकरण नहुने भन्ने कुरा स्वीकार्य हुँदैन ।’

यसअघिः

कडा चेतावनीपछि क्रसर व्यवसायीसँग गृहमन्त्रीले गरे गम्भीर छलफल

पाँच महिने समयसिमामा निमिट्यान्न होला जकडिएको ‘क्रसर उद्योग समस्या’ ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved