‘बिजुली नै नमागेका उद्योगलाई कुलमानले डेडिकेटेड र ट्रंक लाइनको बिल पठाए’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2023 | 09:55:20 AM मा प्रकाशित

laxmi  sunrise bank

डेडिकेटेड र ट्रंक लाइनमार्फत बिजुली नै माग नगरेका उद्योगलाई पनि नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली दिएको भन्दै बिल पठाएको उद्योगीहरुले गुनासो गरेका छन् । भैरहवाका उद्योगहरुले बिजुली नै नमागेको भए पनि प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनमार्फत बिजुली दिएको भन्दै बिल पठाएको उद्योग वाणिज्य संघ सिद्धार्थनगरका अध्यक्ष ठाकुर श्रेष्ठले बताए ।

भैरहवाका २२ वटा उद्योगहरुलाई माग्दै नमागेको डेडिकेटेड तथा ट्रंक लाइनमार्फत बिजुली दिएको भन्दै प्राधिकरणले भुक्तानी माग गरेको उनको भनाइ छ । जब उद्योगले बिजुली चाहियो भनेर माग नै नगरेको र ति उद्योगहरुलाई अतिरिक्त बिजुली नै नचाहिएको अवस्थामा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत आपूर्ति दिएको भन्दै प्राधिकरणले बिल काटेको अध्यक्ष ठाकुरले बताए ।

‘मैदा मिल, धान मिल, डाइपर उद्योगलाई पनि प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट बिजुली दिएको भनेर भूक्तानीका लागि बिल पठाएको छ, जब ति उद्योगहरुले बिजुली माग नै गरेका छैनन्’ उनले भने, ‘भैरहवामा बिजुली माग नै नगरेका १७ उद्योगहरुलाई ट्रंक लाइन तथा अन्यलाई डेडिकेटेड लाइन दिएको भनेर प्राधिकरणले छुट बिल काटेको छ, प्राधिकरणले यो अन्यायपूर्ण व्यवहार गर्यो ।’ 

माग्दै नमागेको उद्योगलाई बिजुली दिएको छु भनेर बिल काट्ने काम किन गरियो भनेर प्रश्न गर्दा प्राधिकरणका अधिकारीहरुले डेडिकेटेड तथा ट्रंक लाइनको बाटोमा परेकाले त्यस्तो उद्योगले पनि पैसा तिर्नुपर्छ भनेर जवाफ दिने गरेको अध्यक्ष ठाकुरको भनाइ छ । 

नियमित विद्युत महशुल भुक्तानी गरिरहेका उद्योगहरुलाई ४ वर्षपछि छुट बिलका नाममा सताउने काम भएको भन्दै उनले लगानीको बातावरण नै बिथोलिने चिन्ता थपिएको गुनासो गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved