कुलमानले उद्योगी व्यवसायी भनेका ‘चोर’ हुन् भन्ने भाष्य बनाइदिएः मुरारका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2023 | 03:12:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले उद्योगी व्यवसायीलाई अपराधीको रुपमा परिभाषित गर्न खोजिएको गुनासो गरेका छन् । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विगतमा उद्योगीले जथाभावी बिजुली लिँदा देशमा लोडसेडिङ भएको र त्यतिबेला बालेको बिजुलीको पैसा पनि उद्योगीहरुले नतिरेको भनेर गलत सन्देश प्रवाह गरिरहेको मुरारकाको भनाई छ ।

डेडिकेटेड र ट्रंक लाइनको विवादबाट पीडित बनेका उद्योगीहरुले सामूहिक रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूहरुले उपभोग नै नगरेको बिजुलीको महशुल माग भएपछि आफूहरुले त्यसको प्रमाण माग गर्दा उल्टै उद्योगी व्यवसायीहरुलाई चोर तथा फटाहाको ब्यवहार गरिएको गुनासो गरे ।

पूर्व अध्यक्ष मुरारकाले लोडसेडिङको बेला उद्योगहरुले अतिरिक्त बिजुली उपभोग गरेको प्रमाण देखाए आफूहरु पैसा तिर्न तयार रहेको पनि बताए ।

‘हामीलाई यति बक्यौता बाँकी छ, उति बक्यौता बाँकी छ भनेर बिल आएपछि हामीले त्यसको आधार र प्रमाण खोज्दा हामी कसरी गलत भयौ ?’ उनले प्रश्न गर्दै भने, ‘विद्युत प्राधिकरणले प्रमाण देखाए हामी पैसा तिर्न तयार छौँ ।’

प्राधिकरणको नियमअनुसार उद्योगले अतिरिक्त बिजुली चाहियो भनेर निवेदन दिएपछि प्राधिकरणकै सञ्चालक समितिले स्वीकृत गरेपछि मात्रै त्यसरी बिजुली माग गर्ने उद्योगले विद्युत पाउने भएकाले अहिले प्राधिकरणले बक्यौता बाँकी छ भनेर ताकेता गरिरहेका कुनै पनि उद्योगले एक पैसा पनि तिर्न बाँकी नरहेको बताए ।

‘बिल आएको ७ दिनभित्र महशुल तिर्दा २ प्रतिशत छुट पाइन्छ, हामीले समयमै विद्युत महशुल बुझाएबापत प्राधिकरणबाटै त्यो २ प्रतिशत छुट पाइरहेका छौँ, अनि कुन आधारमा हामीलाई पैसा तिरेनन् भनेर भन्न मिल्छ ?’ मुरारकाले सोधे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved