कुलमान घिसिङको बद्मासी प्रमाणित हुन्छः साहिल अग्रवाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2023 | 04:15:31 PM मा प्रकाशित

laxmi  sunrise bank

स्टिल रोलिङ मिल्स एसोसियसनका अध्यक्ष साहिल अग्रवालले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले फर्जी बिल पठाएर यसको पैसा तिरेनन् भनेर उद्योगी व्यवसायीको बद्नाम गराएको बताएका छन् । उपभोग नगरेको बिजुलीको पैसा माग गरेर घिसिङले सरासर बद्मासी गरेको अग्रवालको दाबी छ ।

उनले कुनै पनि उद्योगले बिजुली माग नगरेको भए पनि प्राधिकरणले बिजुली दिएको छु भनेर फर्जी बलि पठाइरहेको बताए । स्टिल उद्योगहरुले सुरुदेखि नै विद्युत महशुलमा छुट हुनुपर्छ भनेर माग गर्दै आएको अवस्थामा ६५ प्रतिशत प्रिमीयम थप गरेर बिजुली लिने कुरा कल्पना नै गर्न नसक्ने कुरा भए पनि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जरबजस्ती फर्जी बिलको आडमा उद्योगी व्यवसायीलाई तर्साउने काम गरेको अग्रवालको भनाइ छ ।

‘हामी सुरुदेखि नै सबसिटी मागिरहेका छौँ, त्यत्रो महँगोमा बिजुली लिएर सर्भाइभ हुन सक्ने अवस्था नै हुँदैन, भनेपछि हामी किन त्यो बिजुली लिन्छौँ ?’ उनले भने, ‘उहाँले टीओडी मिटरको रेकर्ड छैन, तर लोड फ्लो छ भन्नु भएछ, लोड फ्लो म सँग पनि छ, यसमा पनि बकाइदा लोडसेडिङको बेलामा उद्योगहरु लोडसेडिङ तालिकाभित्रै रहेको देखाउँछ । यसकारण टीओडी मिटरको डाउनलोड रेकर्ड नै चाहिन्छ ।’

उनले डेडिकेटेड र ट्रंक लाइनको महशुल तोक्दा ३ वटा दर तोकिएकाले उद्योगहरुलाई हुलमुलमा नभई कुन समयको कुद दरमा रहेर बिलिङ गरिएको हो भन्ने पनि कुलमानले नखुलाएकाले उनको बद्मासी प्रमाणित हुने दाबी गरे ।

‘प्रिमीयममा पनि ३ वटा दर छ, बत्ती खपत भएको समय अनुसार फरक फरक दर छ’ उनले भने, ‘ २ वटा दरमा ६५ प्रतिशत प्रिमीयम तोकिएको छ, एउटामा ५८ प्रतिशत प्रिमीयम तोकिएको छ । यसकारण हुलमुलमा बिल पठाएर हुँदैन । कुन समयमा कुन कण्टामा बिजुली प्रयोग गरेको हो, त्यो देखाउनुपर्छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved