कुलमानले प्राधिकरणलाई नाफामा देखाउन फर्जी बिलको सहारा लिएः ध्रुब थापा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2024 | 01:42:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले नेपाल विद्युत प्राधिकरणलाई नाफामा देखाउन प्रबन्ध निर्देशक कुलमान घिसिङले फर्जी बिलको सहारा लिएको टिप्पणी गरेका छन् । उद्योगी व्यवसायीलाई डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत उपभोग गरेर पैसा नतिरको आरोप लगाउँदै प्राधिकरणले लाइन काट्न थालेपछि अध्यक्ष थापाले फर्जी बिलको पैसा तिर्न नसकिने भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले यदि प्राधिकरणलाई नाफा मात्रै चाहिएको थियो भने उद्योगी व्यवसायीहरु आफ्नो क्षमता अनुसार चन्दा दिन तयार भए पनि फर्जी बिलको भूक्तानी गर्ने सामथ्र्य आफूहरुसँग नभएको बताएका हुन् ।

‘प्राधिकरण सरकारी संस्थान हो, घाटामा रहेको प्राधिकरणलाई नाफामा गएको देखाउन जबरजस्ती बिल पठाउने काम भयो’ अध्यक्ष थापाले भने, ‘मागेको भए प्राधिकरणलाई नाफामा लैजान उद्योगी व्यवसायीहरु डोनेशन गर्न तयार थिए ।’

उनले आफूहरुले बिजुली उपभोग गरेको भए ३ वर्षसम्म पनि किन बिल पठाइएन भन्ने प्रश्न समेत गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved