यो देश लघुवित्त नभए पनि चल्छ, फागुन १ देखि काठमाडौँ आएर आन्दोलन गर्छौ (अन्तर्वार्ता)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2023 | 09:56:27 AM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त वित्तीय संस्था संघर्ष समितिका संयोजक मनिराम ज्ञवालीले आफुहरुको आन्दोलन अराजक मौद्रिक नीति विरुद्द भएको बताएका छन् । बिजपाटीसँगको भिडियो अन्तर्वार्तामा उनले अहिले लघुवित्तमा समस्या आउनुको प्रमुख कारण अराजक र अस्थिर मौद्रिक नीति भएको बताए

मौद्रिक नीति २/३ महिनामा फेरिईरहने भएकोले वित्तीय अराजकता आएको उनको दाबी छ। यस्तो मौद्रिक नीतिले उद्योगी र व्यवसायीका साथ साथ बैंकलाई पनि समस्या परेको बताए । उनले स्थिर र जानपक्षीय मौद्रिक नीतिको लागि आन्दोलन गर्नु परेको बताए 

ज्ञवालीले नेपालमा लघुवित्त संस्था नै नचाहिने भन्दै सबै लघुवित्त खारेज गर्नु पर्ने बताए । गरिव विपन्न वर्गको लागि भनिने लघुवित्तहरुलाई राष्ट्र बैंकले कम्पनी ऐन अन्तर्गत राखेर मुनाफा कमाउने बाटो खोलिदिएकोले अहिलेको समस्या आएको उनको भनाई छ । यो देश लघुवित्त नभए पनि चल्ने भन्दै उनले सबै लघुवित्त खारेज गर्नु पर्ने बताए । उनले लघुवित्तको आईपीओ भर्ने आम सर्वसाधारणले आईपीओ बेचेर लगानी भन्दा धेरै गुणा बढी कमाईसकेको दाबी गर्दै लघुवित्त बन्द हुँदा जनतालाई घाटा नहुने जिकिर गरे । 

लघुवित्त नहुँदा पनि गाउँ गाउँमा लेनदेन चलेको भन्दै उनले अहिले लघुवित्त आएपछि लघुवित्तहरुले वैधानिक रुपमा लुटिरहेको बताए । लघुवित्तहरुले पहिलेको भन्दा धेरै शोषण गरेको र नव सामन्तको रुपमा उदाएको उनको भनाई छ । 

लघुवित्तको विकल्पमा उद्यमशील आयोग बनाउन उनले सुझाव दिएको  बताएका छन् । वडा देखि केन्द्र सम्म त्यसको संरचना हुनु पर्ने र त्यस आयोगमा विज्ञ सहितको टिम बनाएर वित्तीय साक्षरता र व्यवसायीक तालिम दिएर मात्र कर्जा प्रवाह गरिनु पर्ने उनको भनाई छ । त्यो ऋण पनि बिना ब्याजको हुनु पर्ने र वार्षिक १० प्रतिशतको दरले सावाँ उठाउनु पर्ने उनी बताउछन् 

आफुहरुले ९ बुँदे माग राखेको भए पनि हालको बटमलाइन भनेको लघुवित्तको समस्या होस् र स्थिर तथा जनपक्षीय मौद्रिक नीति होस् भन्ने चाहेको उनले बताए । उनले फागुन १ देखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने उनले बताए । पीडित जनता काठमाडौँ आएर फागुन १ गतेदेखि आन्दोलन गर्न, सडक मै पकाउने, सडक मै सुत्ने, खाने कुरा सकिए भोकै सडक मै सुतेर आन्दोलन गर्ने उनले चेतावनी दिएका छन्   

हेर्नुस् मनिराम ज्ञवालीसँगको भिडियो अन्तर्वार्ता :



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved