कोठाबाट सुरु भएको इसेवा अहिले घरायसी नाम बनेको छ (वार्षिकोत्सव विशेष अन्तरवार्ता)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2024 | 06:23:40 PM मा प्रकाशित

laxmi  sunrise bank

डिजिटल भूक्तानी सेवा प्रदायक ‘इ–सेवा’ १५ वर्ष पुरा गरेर १६ बर्षमा प्रवेश गरेको छ । नेपालमा नगद कारोबारलाई निरुत्साहित गर्दै डिजिटल कारोबारको प्रोत्साहनमा इ–सेवाले निकै ठूलो योगदान गरेको छ । खासमा भन्ने हो भने, नेपालमा डिजिटल पेमेन्टको जग बसालेकै इ–सेवाले हो ।

सन् २००९ देखि आजसम्म आइपुग्दा १५ वर्षको यो अवधिमा इ–सेवाले आम प्रयोगकर्ताको मन जितेको छ । अहिले अनलाइन पेमेन्ट वा क्यूआर पेमेन्ट भनेकै ‘इ–सेवा’ हो भन्ने चर्चा हुन्छ । साथै, भर्खर भर्खर प्रविधि भित्रदा ताका स्थापना भएर आजसम्म आइपुग्दा १ करोड बढी पटक इ–सेवाको एप्स डाउनलोड भएको छ । लाखौँको संख्यामा नियमित प्रयोगकर्ता छन् । यसले पनि इ–सेवाप्रति आम जनताको विश्वास बढिरहेको देखाउँछ ।

त्यसो त, कुनै बेला एउटा कोठाबाट सुरु भएको इ–सेवा आज नेपालकै ठूलो डिजिटल पेमेन्ट सेवा प्रदायक बनेको छ । इ–सेवामा सयौँको संख्यामा युवा जनशक्तिहरुले रोजगारी पाएका छन् । प्रविधिको क्षेत्रमा लागेर सानो कोठाबाट सुरु भएर पनि देशकै अग्रणी सेवाप्रदायक बन्न सकिन्छ भन्ने सन्देश पनि इ–सेवाले दिएको छ ।

अझ अर्को कुरा, इ–सेवा हाक्ने टिम पनि युवाहरुको छ । इ–सेवामा कार्यरत ६ सय हाराहारी कर्मचारीको औसत उमेर २६ वर्ष छ । यसले पनि नेपालमा कुनै अवसर नै छैन भन्दै विदेशमा मात्रै सम्भावना देख्ने नैराश्ययुक्त भाष्यलाई चिरेको छ ।

इ–सेवाले वार्षिकोत्सवको अवसरमा विभिन्न अफर पनि ल्याएको छ । हामीले इ–सेवाको १५औँ वार्षिकोत्सवको अवसर पारेर यी र यस्तै विषयमा केन्द्रित रहेर इ–सेवाका ‘चिफ बिजनेश अफिसर’ आशिष गौतमसँग कुराकानी गरेका छौँ । गौतम विगत ८ वर्षदेखि इ–सेवामा आवद्ध छन् ।

भिडियोः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved