
प्रदेश ५ को अस्थायी राजधानी बुटबलमा १५ जना युवाहरु मिलेर ६ करोड लगानीमा होटल दरवार लाउन सुरु गरेका छन । होटलको प्रदेश ५ का पर्यटन मन्त्री लिला गिरीले दोश्रो शाखालाई बुटबलमा उद्धघाटन गरे ।
उदघाटन समारोहमा बोल्दै मन्त्री गिरीले पर्यटन बिकासका लागी प्रदेश ५ मा बिभिन्न पुुर्बाधारहरु बन्दै गरेको बताए। उनले यसक्षेत्रमा आउने पर्यटकलाई आकर्षक सेवा सुुबिधा दिनु पर्ने बताउदै लुुम्बिनी भ्रमण बर्षको अबधारणा ल्याएर पर्यटक भित्र्याउने योजना बनाएको हुुंदा निजी क्षेत्रले साथ दिनुुपर्ने बताए । भौतिक पुुर्बाधार कनेक्टीभीटीले पर्यटनको बिकाश हुुने बताए ।
मन्त्री गिरीले गौतमबुुद्ध बिमानस्थल सम्पन्न भएपछी लुुम्बिनी आउने पर्यटकको संख्या बढ्ने हुुंदा होटल तथा रेष्टुुरेण्ट ब्यबसायीले आकर्षक सेवा सुुबिधा दिन आबश्यक रहेको समेत बताए ।
उदघाटनमा प्रदेश सभा सदस्य तुुलाराम घर्ती मगरले प्रदेश ५ मा पर्यटनको गन्तब्यका रुपमा बिश्वका लागी लुुम्बिीनी भएको र यसका आसपासमा रहेका धार्मिक तथा भौगोलिक रुपमा पनि हेर्न लायक ठाउहरु भएकाले यसको प्रचार प्रसार आबस्यक रहेको बताए।
दरवार लाउनको हालसम्म २ वटा शाखा रहेको संचालक मनोज रानाले बताए । होटल दरवार लाउनमा ५० जनाले रोजगारी समेत पाएको रानाले बताए। होटलका अध्यक्ष रामुु गौतमले प्रदेश ५ का बिभिन्न पर्यटकीय गन्तब्यमा दरबारको शाखाहरु खोलेर नेपाल आउने बिदेशी पर्यटक तथा आन्तरीक पर्यटकलाई सेवा प्रदान गर्ने योजना रहेको बताए। होटलका बुटबलको योगीकुटी र मिलन चोक दुई ठाउमा संञ्चालनमा आएको अध्यक्ष रामुु गौतमले बताए ।