भद्रगोल लगानी सम्मेलनको व्यवस्थापन : लगानीकर्तालाई सास्ती, मिडियाको हरिबिजोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2024 | 11:06:15 PM मा प्रकाशित

laxmi  sunrise bank

पाँच वर्षपछि जुरेको तेस्रो लगानी सम्मेलनमा कयौं कमजोरी देखिएका छन्। सम्मेलनमा सहभागीता जनाएका स्वदेशका प्रतिनिधिलाई मात्र नभई निमन्त्रणापत्र बोकेर आएका बिदेशी लगानीकर्ताले समेत शास्ती ब्योहोरेका छन्। 

५५ देशका एक हजार ६००  तथा नेपालका ३५० बढी प्रतिनिधि सहभागी रहने दाबी गरिएको लगानी सम्मेलन केहि व्यक्तिको लागि आयोजना गरिएको जस्तो व्यवस्थापन रहनु नै शास्ती व्योहोर्नुपर्ने कारण बनेको छ। 

लगानी सम्मेलनमा सहभागी हुन गएकाले प्रवेश बिन्दुदेखि नै शास्ती ब्योहोर्नुपरेको दृश्य थियो। सम्मेलनको दृश्य र व्यवस्थापन हेर्दा केहि सय व्यक्तिको लागि आयोजना गरिएको हतारको बिहे भोज जस्तो देखिएको थियो। 

न सम्मेलनमा सहभागी हुनेले सहजै पार्किङ्ग गर्न पाए न त सम्मेलनमा सहभागी हुनलाई सहजै पास पाए। बरु उल्टै कतिपय सहभागीले पास र पार भिर्ने कार्डहोल्डरको अभावमा क्युआर कोड आफ्नो मोबाइल फोन र शरीरमा टाँसेर सम्मेलनमा भाग लिए। 

सम्मेलनमा भाग लिन गएका कतिपय पार्किङ्ग अभावमा सम्मलेनमा भाग नै नलिई फर्किन बाध्य भए भने कतिपय निमन्त्रणापत्र भएपनि 'रजिष्ट्रेशन' नगरिएको भन्दै फर्किन बाध्य भए। सम्मेलन यतिसम्म भद्रगोल थियो कि बिजुली नभएकाले मेलमा आएको क्युआर कोड प्रिन्ट हुनलाई समेत पर्खनु पर्ने अवस्था थियो भने क्युआर कोड प्रिन्ट  भएका लगानीकर्ता र लगानी सम्मेलनको रिपोर्टिङमा आएका पत्रकारहरुले क्युआर कोड अंकित कार्ड भिर्ने डोरीसमेत पाएनन। 

क्युआर कोड भिर्ने डोरी नभएपनि मोबाइलमा तथा डायरीमा क्युआर कोड टाँसेका पत्रकारहरुलाई स्क्रिनमा हेरेर रिपोर्टिंग गर्नलाई मिडिया हलको व्यवस्थापन भएपनि पर्याप्त हेडफोनको अभावमा टिभी स्क्रिनको आवाज सुन्न नसकेपछि धेरै पत्रकार फर्कीए।  लगानी सम्मेलनको व्यवस्थापन पक्षका कर्मचारीहरुले 

आफुहरुसंग ५० वटा भन्दा बढी हेड फोन नभएको भन्दै पत्रकारहरुलाई हेड फोन दिन नसकिने जवाफ दिए। मिडिया हलमा बसेर रिपोर्टिंग गर्न नसक्ने अवस्था आएपछि तीन दर्जन पत्रकार सम्मेलनमा सहभागी नै नभई बीना रिपोर्टिंग कार्यालय फर्किए ।  

बिहान ८ बजेदेखि रजिष्ट्रेशन सुरु हुने भनिएपनि ८ बजेदेखि १० बजेबीच सम्मेलनमा सहभागी हुनेले धेरै शास्ती व्योहोर्नुपरेको थियो। नेपालका केहि कमर्शियल बैंकका सीइओहरुले समेत पास नपाएर शास्ती ब्योहोर्नुपरेको थियो। 

राष्ट्र बैंकको प्रतिनिधित्व गर्दै आएकी बरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनादेखि अन्य कतिपय सरकारी कर्मचारी तथा वरिष्ठ व्यक्ति तथा व्यवसायीहरुले रजिष्ट्रेशनमा नाम नभएको भन्दै कार्यक्रम स्थलमा प्रवेश नै पाएनन्। 

सम्मेलनको दौरान बीच-बीचमा १०-१५ मिनेट बत्ति जाँदा त्यसले सम्मेलनको व्यवस्थापनमा थप कुरुपता बढाएको थियो। सहभागी विदेशी पाहुना तथा लगानीकर्ताले समेत बीच बीचमा बत्ति गएको बिषयलाई चिया गफ बनाएका थिए। 

गाउँगाउँबाट उत्पादित सामग्री बोकेर सम्मेलनस्थल आएका साना व्यवसायीहरुलाई सम्मेलनको एउटा कुनामा खुम्च्याएको थियो भने सम्मेलनमा सहभागीहरु सामान्य चिया कफी र तातो पानिका लागि पनि आयोजक गुहार्दै हिड्नु पर्ने अवस्था बनेको थियो। 

लगानी सम्मेलनको व्यवस्थापन देखेर नेपालमा नाम चलेका उद्योगी व्यवसायीहरु पनि चकित भएका छन्। लगानी सम्मेलनको भद्रगोल व्यवस्थापन देखेर विदेशी पाहुना तथा लगानीकर्ताले नेपालको अवस्थालाई सकारात्मक रुपमा नलिने ती उद्योगी व्यवसायीको भनाई छ। 

लगानी सम्मेलनको भद्रगोल व्यवस्थापनदेखेर लगानी बोर्डका कर्मचारी तथा प्रतिनिधिहरु पनि सम्मेलनको इभेन्ट म्यानेजरहरुसंग रुष्ट देखिए। आजदेखि चलेको लगानीसम्मेलनको इभेन्ट म्यानेजरको जिम्मेवारी इमेजिङ प्रालिलाई दिईएको छ। यस अघिका दुई वटा लगानी सम्मेलनको समेत इभेन्ट म्यानेजको जिम्मा पाएको यस कम्पनीको व्यवस्थापन शैलीले लगानीकर्तालाई अवसर भन्दा बढी शास्ती दिएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved