सर्वसाधारणको लागि सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम ३ इकाईको बिक्रि मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2023 | 05:56:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ को इकाईहरु सर्वसाधारणको लागि बिक्रि मिति तय भएको छ। यो सिक्म चैत २६ गतेदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला गरिने योजना व्यवस्थापक सिद्दार्थ क्यापिटलले जनाएको छ। 

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने यो छैटौं सामुहिक लगानी कोष योजना हो। सिद्दार्थ बैंक कोष प्रवर्दक रहेको यस योजनाको आकार एक अर्ब बीस करोड रहेको छ र प्रति इकाई अंकित मूल्य १० रुपैयाँ रहेको छ। 

सिद्दार्थ क्यापिटलकाअनुसार सिद्दार्थ बैंक लिमिटेडले न्यूनतम १,२०,००,००० (एक करोड बीस लाख) इकाई तथा सिद्धार्थ क्यापिटल लिमिटेडले न्यूनतम ६०,००,००० (साठ्ठी लाख) इकाई बीज पूँजीको रुपमा लगानी गर्नेछ भने सर्वसाधारणका लागि १०,२०,००,००० ईकाइ सार्वजनिक रुपमा बिक्रीका लागि निष्काशन गर्नेछ। 

यस योजनामा न्यूनतम १०० (एक सय) इकाई र अधिकतम १,२०,००,००० (एक करोड बीस लाख) इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनाको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्ष रहेको छ ।

सिद्धार्थ क्यापिटल लिमिटेडले यस अघि चार वटा बन्दमुखि योजना (सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–१, सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम, सिद्धार्थ ईक्वीटि फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२) र एउटा खुलामुखी योजना (सिद्धार्थ व्यवस्थित लगानी योजना) संचालनमा ल्याई सकेको छ । 

सो मध्ये सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–१ र सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको योजनाहरु परिपक्क भइसकेको छन् भने दुईओटा बन्दमुखि योजनाहरु सिद्धार्थ ईक्वीटि फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भई इकाईहरुको कारोवार भईरहेको  छ ।

साथै, खुलामुखी योजना सिद्धार्थ व्यवस्थित लगानी योजनाका इकाईहरु योजना व्यवस्थापक स्वयं, सिद्धार्थ बैंक लिमिटेडका विभिन्न शाखा कार्यलयहरु तथा कम्पनीको वेवसाइट मार्फत खरिद÷बिक्री भईरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved