नेपालले ६ महिनामा भारतलाई बेच्यो पौने २ अर्बको सिमेन्ट र क्लिङ्कर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2024 | 03:37:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालबाट ६ महिनामै पौने २ अर्बको सिमेन्ट र क्लिङ्कर निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको वैदेशिक ब्यापारको तथ्यांक अनुसार नेपालबाट सिमेन्ट र क्लिङ्करको निकासी बढेको हो । 

गत आर्थिक वर्ष भरीमा ७७ करोड ९३ लाख रुपैयाँको सिमेन्ट र क्लिङ्कर निर्यात भएकोमा यसपाली भने ६ महिनामै १ अर्ब ७६ करोड ३३ लाख रुपैयाँको निकासी भएको विभागको तथ्यांकमा उल्लेख छ । ६ महिनामा सिमेन्ट १४ लाख ५० हजार २५० टन र क्लिङ्कर २ लाख २२ हजार ११७ टन निकासी भएको हो ।

क्लिङ्कर निकासीबापत ८७ करोड २० लाख ९७ हजार र सिमेन्ट निकासीबाट ८९ करोड १२ लाख १३ हजार रुपैयाँ आर्जन भएको हो । 

नेपालबाट भारतमा सिमेन्ट र क्लिङ्करको निकासी हुँदै आएको छ । गत वर्षबाट नेपालका उद्योगीहरुले सिमेन्ट र क्लिङ्करको निर्यात सुरु गरेका हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved